पण्डित जवाहरलाल नेहरू स्टेडियममा बुधबार हुने खेलमा प्रशिक्षक नवीन न्यौपानेले एन्जिला सुब्बाको नेतृत्वमा टिम उतार्ने भएका छन् ।
गोवा (भारत) — नेपालले साफ च्याम्पियनसिप २०२६ को बुधबार हुने पहिलो सेमिफाइनलमा दुई पटकको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्दैछ । पण्डित जवाहरलाल नेहरु स्टेडियममा हुने खेलमा प्रशिक्षक नवीन न्यौपानेले एन्जिला सुब्बाको नेतृत्वमा टिम उतार्ने भएका छन् ।
टिमका अन्य सदस्यमा पूजा राना, विमला विक, रेनुका नगरकोटे, सरु लिम्बू, गीता राना, रेखा पौडेल, प्रीति राई, रश्मिकुमारी घिसिङ, अनिता लाम्जेल र दीपा शाही रहेका छन् । प्रशिक्षक न्यौपानेले फेरि एकपटक आफ्नो रोजाईका खेलाडीसहितको टिम बनाएका हुन् ।
श्रीलंकाविरुद्ध लिग चरणको अन्तिम खेलबाट ४ खेलाडी परिवर्तन गरिएको छ । नेपाल प्रतियोगिताको पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशबाटै पराजित रहेको थियो । अब नेपालसामु त्यही खेलको बदला लिने अवसर हुनेछ ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा भारतले भुटानको सामना गर्नेछ ।
