फ्रेन्च ओपन २०२६ : जेभेरेभ अन्तिम चारमा

प्रतियोगितामा चुनौती बाँकी रहेका शीर्ष वरीयताका खेलाडी जेभेरेभले जोडारलाई ७–६, ६–१ र ६–३ ले हराए ।

जेष्ठ २०, २०८३

कान्तिपुर संवाददाता

French Open 2026: Zverev in the last four

काठमाडौँ — जर्मनीका एलेक्जान्डर जेभेरेभले राफेल जोडारलाई पराजित गर्दै मंगलबार फ्रेन्च ओपन २०२६ को अन्तिम चारको यात्रा तय गरेका छन् । प्रतियोगितामा चुनौती बाँकी रहेका शीर्ष वरीयताका खेलाडी जेभेरेभले जोडारलाई ७–६, ६–१ र ६–३ ले हराए ।

यस्तै जाकुब मेनसिकले उदयमान खेलाडी जाओ फोनसेकालाई ६–४, ६–४ र ७–६ ले पराजित गरे र सेमिफाइनल पुगे । महिलातर्फ मार्टा कोस्टयुक र मिरा आन्द्रेभा सेमिफाइनलमा भिड्ने भएका छन् ।

कोस्टयुकले एलिना स्भिटोलिनलाई ६–३, २–६ र ६–२ ले हराइन् भने आन्द्रेभाले सोरानाले क्रिस्टीलमाथि सजिलो ६–० र ६–३ को जित रचिन् ।

कान्तिपुर

Link copied successfully