तेजस्वी कपमा संस्कृति र ईबीए विजयी

संस्कृतिले विजेश्वरीलाई २४–१२ स्कोरले पराजित गर्‍यो । संस्कृतिको जितमा श्रृष्टि मगरले १४ स्कोर गरिन् । अनामिका पटेलको १० स्कोरमा ईबीएले ज्ञानोदयलाई ३२–२२ स्कोरले हरायो ।

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

Culture and EBA win in Tejaswi Cup

काठमाडौँ — संस्कृति शिक्षासदन र इडेन ब्रिज एकेडेमी (ईबीए) दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ क्वाटरफाइनलमा पुगेका छन् ।

संस्कृतिले विजेश्वरीलाई २४–१२ स्कोरले पराजित गर्‍यो । संस्कृतिको जितमा श्रृष्टि मगरले १४ स्कोर गरिन् । अनामिका पटेलको १० स्कोरमा ईबीएले ज्ञानोदयलाई ३२–२२ स्कोरले हरायो ।

गर्ल्समै आयोजक तेजस्वी एकेडेमीले केभीकेएसएसलाई ८–७ ले, बागमतीले हिमशीलालाई २५–२४ ले र फेरिल्यान्डले बेलमोन्टलाई २१–१५ स्कोरले हराए । तेजस्वीकी इथर बरुवालले ६, बागमतीकी स्मृति पोखरेलले १४ र फेरिल्यान्डकी खुश्बु मगरले १६ स्कोर गरे ।

ब्वाइजमा टीआईएले क्यानभास वसन्त ऋतुलाई ३८–२१, ज्ञान संस्कारले किन्डर गार्डेनलाई १६–१०, ज्ञानोदयले ग्रिनल्यान्डलाई २४–१६, न्युटनले गण्डकीलाई ४५–३३ र लालीगुराँस नेसनलले अरुणीलाई ४०–३० स्कोरले पन्छाए ।

टीआईएका आविस्कार रोक्काले १८, ज्ञान संस्कारका अनय श्रेष्ठले ५, ज्ञानोदयका साइमन क्षेत्रीले ११, न्युटनका मिस्कन तामाङले १५ र लालीगुराँसका मसुद गुरुङले १० स्कोर बटुले ।

कान्तिपुर

Link copied successfully