वुमेन्स साफ च्याम्पियनसिप: रेनुकाको नेतृत्वमा श्रीलंकासित भिड्दै नेपाली टिम

मुख्य प्रशिक्षक नवीन न्यौपानेले रेनुका नगरकोटेको नेतृत्वमा ११ सदस्यीय टिमको घोषणा गरेका छन् ।

जेष्ठ १७, २०८३

हिमेश

Women's SAFF Championship: Nepali team to face Sri Lanka under Renuka's leadership

गोवा (भारत) — नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२६ मा आइतबार लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको सामना गर्दैछ । त्यसका लागि मुख्य प्रशिक्षक नवीन न्यौपानेले रेनुका नगरकोटेको नेतृत्वमा ११ सदस्यीय टिमको घोषणा गरेका छन् ।

रेनुकासँगै टिममा गोलरक्षकको भूमिकामा अंजना रानामगर मैदानमा उत्रने छिन् । टिमका अन्य सदस्यमा विमला विक, हिराकुमारी भुजेल, सरु लिम्बू, गीता राना, रेखा पौडेल, मीना देउवा, प्रतीक्षा चौधरी, रश्मिकुमारी घिसिङ र दीपा शाही छन् ।

नेपाल समूह ए मा तीन अंकसहित दोस्रो स्थानमा छ । भुटान दुई खेलबाट तीन अंकमा शीर्षमा छ । श्रीलंका भने शून्य अंकमा रहेको छ । नेपालसामु समूह जित्दै सेमिफाइनल प्रवेशको अवसर रहेको छ ।

आइतबारकै अर्को खेलमा डिफेन्डिङ च्याम्पियन बंगलादेश र आयोजक भारत भिड्दै छन् । समूह बी को यस खेलले सेमिफाइनल समीकरण तयार पार्न मद्दत गर्नेछ ।

हिमेश

Link copied successfully