श्रीलंकामाथि नेपाललाई एक गोलको अग्रता

वुमेन्स साफ च्याम्पियनसिप २०२६ को लिग समूहको अन्तिम खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले एक गोल गरेकी हुन् ।

जेष्ठ १७, २०८३

हिमेश

Nepal takes one-goal lead over Sri Lanka

गोवा (भारत) — नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२६ को लिग समूहको अन्तिम खेलको पहिलो हाफ समाप्त हुँदा श्रीलंकामाथि १–० को अग्रता लिएको छ । खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले एक गोल गरेकी हुन् ।

अनमार्क रहेकी रश्मिले पेनाल्टी एरियामा प्राप्त रेखा पौडेलको पासलाई गोलमा परिणत गरेकी हुन् । यस गोललाई छाडेर नेपालले पहिलो हाफको पूरा खेल अवधिमा लगातार आक्रमण गरे पनि ती निर्णायक हुन सकेनन् ।

खेलको १२ औं मिनेटमा रश्मिले नै गोलको राम्रो मौकामा चुकेकी थिइन् । सुरु लिम्बूको पासमा उनले श्रीलंकाली गोलरक्षक थरुसिखा मात्र हुँदा बललाई पोस्टको दिशा दिन सकिनन् ।

नेपाललाई समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि श्रीलंकाविरुद्ध बराबरी पर्याप्त रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई १–० ले नै हराएको थियो ।

हिमेश

Link copied successfully