तेजस्वी कपमा मार्वलस र क्यानभासलाई सफलता

मार्वलसले ल्यान्डमार्क एकेडेमीलाई ५०–३५ स्कोरले पराजित गर्‍यो । मार्वलसका आमोद कार्कीले १८ स्कोर जोडे । क्यानभासले ग्रिनल्यान्डलाई ३१–२४ ले हराउँदा प्रिन्स ठाकुरले १५ स्कोर गरे ।

जेष्ठ १६, २०८३

कान्तिपुर संवाददाता

Marvelous and Canvas win in Tejaswi Cup

काठमाडौँ — मार्वलस र क्यानभास वसन्त ऋतु दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ प्रिक्वाटरफाइनलमा पुगेका छन् ।

मार्वलसले ल्यान्डमार्क एकेडेमीलाई ५०–३५ स्कोरले पराजित गर्‍यो । मार्वलसका आमोद कार्कीले १८ स्कोर जोडे । क्यानभासले ग्रिनल्यान्डलाई ३१–२४ ले हराउँदा प्रिन्स ठाकुरले १५ स्कोर गरे ।

ब्वाइजमै हिमरश्मिले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३५–३१, गोल्डेनपिकले नवोदितलाई ५२–४६, बागमतीले आयोजक तेजस्वी एकेडेमीलाई ४५–३८, भ्याली पब्लिकले ह्वाइट हेभन एकेडेमीलाई ३२–२४, गण्डकीले सेबलाई ४९–३५, न्युटनले रिलायन्स पब्लिकलाई ३९–३० र अरुणीले केएमसीलाई २६–२५ स्कोरले हराए ।

हिमरश्मिका सविन लामाले २१, गोल्डेनपिकका सुशिल गिरीले २२, बागमतीका रवि कार्कीले २४, भ्याली पब्लिकका अशोक विकले १४, गण्डकीका सगुनले १८, न्युटनका मिस्कन तामाङले १५ र अरुणीका उत्सव राईले १० स्कोर गरे ।

गर्ल्समा ईबीएले बागमतीलाई २४–२०, बेलमोन्टले हिमरश्मिलाई २०–१४, ल्यान्डमार्कले केएमसीलाई २६–१३ र हिमशीलाले केजीएसलाई ३८–२५ ले पन्छाए । ईबीएकी मेनुका मगरले ८, बेलमोन्टकी ब्रिटिना गुरुङले ७, ल्यान्डमार्ककी प्रतीक्षा राईले १२ र हिमशीलाकी रोजिना खड्काले १५ स्कोर गरेका थिए ।  

कान्तिपुर

Link copied successfully