आयोजक महामञ्जुश्रीको कोर्टमा ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–१२ स्कोरले पराजित गर्यो ।
काठमाडौँ — ग्रिनफिल्ड दोस्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा पुगेको छ ।
आयोजक महामञ्जुश्रीको कोर्टमा ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–१२ स्कोरले पराजित गर्यो । ग्रिनफिल्डले उपाधिका लागि महामञ्जुश्री र पिपुल्स एकेडेमीबीचको विजेतासँग खेल्ने छ ।
सिनियर ब्वाइजमा सेमिफाइनल समीकरण तयार भएको छ । विल्सन एकेडेमीले नवीन ज्योति र होली भिजनले निम्सविरुद्ध फाइनल पुग्न खेल्ने छन् ।
सिनियर गर्ल्समा क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल चाादबाग र केभीसी, निम्स र स्वर्णिम, त्रिज्योति र पुष्पसदन तथा न्यु जेनिथ र टेरेसा एकेडेमीबीच हुनेछ । प्रतियोगिता आइतबार सकिनेछ ।
