मेसीको कप्तानीमा अर्जेन्टिनी टिमको घोषणा

प्रशिक्षक लियोनल स्कोलोनीले शुक्रबार २६ सदस्यीय टिम घोषणा गरेका हुन् ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Argentina team announced under Messi's captaincy

काठमाडौँ — लियोनल मेसीको कप्तानीमा अर्जेन्टिनाले विश्वकप २०२६ मा आफ्नो चुनौती पेस गर्ने भएको छ । प्रशिक्षक लियोनल स्कोलोनीले शुक्रबार २६ सदस्यीय टिम घोषणा गरेका हुन् । अब डिफेन्डिङ च्याम्पियनका लागि मेसीले कीर्तिमान छैटौं पल्ट विश्वकप खेल्नेछन् ।

कतारमा चार वर्ष अगाडि भएको विश्वकप अर्जेन्टिनाले जितेको हुनाले आठ पल्टको बेलन डे‘अर विजेताले नै टिमको नेतृत्व गर्ने निश्चित जस्तै थियो । इन्टर मियामीका लागि खेल्ने क्रममा मेसी पछिल्लो समय सामान्य घाइते रहेका छन् ।

अर्जेन्टिनाले यस विश्वकपको आफ्नो पहिलो खेलमा अल्जेरियाको सामना गर्नेछ । टिम यस प्रकार रहेको छ ।

गोलरक्षक : इमिलिनो मार्टिनेज, जेरोनिमो रुली र जुवान मुसो

डिफेन्डर : गोन्जालो मान्टेलो, नाहुल मोलिना, लिसान्ड्रो मार्टिनेज, निकोलस मोटमेन्डी, लियोनार्डो बालेर्डी, क्रिस्टयन रोमेरो, फकुन्डो मेडिना र निकोलस टागलिफिको

मिडफिल्डर : लियान्ड्रो पारेडेस, रोड्रिगो डे पउल, एक्सक्वेल पालाकोस, इन्जो फर्नान्डेज, एलेक्स म्याकएलिस्टर, जियोभानी लो सेल्सो र भ्यालेन्टिन बार्को

फरवार्ड : लियोनल मेसी, निकोलस पाज, थिएगो आल्मान्डा, निकोलस गोन्जालेज, जुलियन एल्भारेज, गुलिनो सिमो, लउतारो मार्टिनेज र जोसे म्यानुएल लोपेज ।

कान्तिपुर

Link copied successfully