सन् १९५३ मे २९ मा सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको प्रतियोगिताले युवा पुस्तालाई साहसिक खेलतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ — तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करण काठमाडौंमा सुरु भएको छ । प्रतियोगिताको फाइनलमा ६ पुरुष र ६ महिला गरी १२ खेलाडी पुगेका छन्, जसमा एक विदेशी आरोही पनि छन् ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन इंकको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको उद्देश्य साहसिक आरोहण खेलको प्रवर्द्धन गर्नु र तेन्जिङ नोर्गे शेर्पा तथा सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस वर्ष पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
सन् १९५३ मे २९ मा सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको प्रतियोगिताले युवा पुस्तालाई साहसिक खेलतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।