अब राजस्थानले क्वालिफायर–टु को शुक्रबार हुने खेलमा गुजरात टाइटन्सको सामना गर्नेछ ।
काठमाडौँ — किशोर खेलाडी वैभव सूर्यवंशीको असाधारण इनिङ्सको मदतले राजस्थान रोयल्सले बुधबार सनराइज हैदरावादलाई ४७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को क्वालियर–टु पुगेको छ । वैभवले २९ बलमै ९७ रन बनाए ।
तर उनी प्रतियोगिताकै इतिहासको सबैभन्दा छिटो शतकको कीर्तिमान बनाउने भने चुके उनले पाँच चौका र १२ छक्का प्रहार गरे । त्यसैको मदतले चंडिगढमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले आठ विकेटमा २ सय ४३ रन बनाएको थियो ।
त्यसमा ध्रुव जुरेलले पनि २१ बलमा ५० रन थपे । जवाफमा हैदरावाद १९.२ ओभरमा अलआउट हुन अगाडि १ सय ९६ रन मात्र बनाउन सफल रह्यो । नितिश कुमारले सबैभन्दा बढी ३८ रन बनाए ।
अब राजस्थानले क्वालिफायर–टु को शुक्रबार हुने खेलमा गुजरात टाइटन्सको सामना गर्नेछ । रोयल च्यालेन्जर्स बेंगलुरु यसअघि नै फाइनल पुगिसकेको छ ।
