भुटानले श्रीलंकालाई जितेपछि नेपालले अन्तिम खेल पर्खिनुपर्ने

वुमेन्स साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्नका लागि नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्धको नतिजा पर्खिनुपर्ने भएको छ । 

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Nepal will have to wait for the final match after Bhutan beat Sri Lanka.

काठमाडौँ — भुटानले वुमेन्स साफ च्याम्पियनसिप २०२६ को समूह 'ए' को खेलमा बिहीबार श्रीलंकालाई सजिलै ४–० ले पराजित गरेको छ । यससँगै नेपालले सेमिफाइनल प्रवेशको सम्भावनालाई पर्खिनुपर्ने भएको छ ।

भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा प्राप्त जितपछि भुटानको दुई खेलबाट तीन अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ । भुटानले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो ।

नेपाल पनि समान समान तीन अंकमा दोस्रोमा रह्यो । नेपालले यसअघि आफ्नो पहिलो खेलमा भुटानलाई १-० ले हराएको थियो । अब नेपालले आइतबार हुने समूहको लिग चरणको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ ।

कान्तिपुर

Link copied successfully