प्रतियोगतामा विभिन्न ३६ विद्यालयका ४८ टिमको सहभागिता रहने छ ।
काठमाडौँ — तेजस्वी एकेडेमीको आयोजनामा दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबार सुरु हुने भएको छ ।
प्रतियोगतामा विभिन्न ३६ विद्यालयका ४८ टिमको सहभागिता रहने तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले मंगलबार पत्रकार सम्मेलनमा बताए । ब्वाइजमा ३१ र गर्ल्समा १७ टिम प्रतिस्पर्धा गर्नेछन् ।
ब्वाइजलाई ८ तथा गर्ल्सलाई ४ समूह विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने तेजस्वीका बास्केटबल प्रशिक्षक दिपेश कार्कीले जनाए । ब्वाइजको प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । गर्ल्सको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्नेछन् ।
ब्वाइजमा एन्जल्स हार्ट र गर्ल्समा केभीकेएसएस डिफेन्डिङ च्याम्पियन हुन् । खेल आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।
