प्रदीप र शिभाली च्याम्पियन

प्रतियोगितामा १२ क्लबका २ सय १२ खेलाडीले १३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

Pradeep and Shivali are champions

काठमाडौं — चौथो प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगितामा प्रदीप खड्का र शिभाली गुरुङ च्याम्पियन भएका छन् ।

मंगलबार सम्पन्न प्रतियोगिताको पुरुष एकलतर्फ प्रदीपले निशान श्रेष्ठ र शिभालीले स्वस्तिका विष्टलाई हराएर उपाधि जितेका हुन् । पुरुषतर्फ प्रवण मानन्धर र आयुषमान घले तेस्रो भए । महिलामा प्रकृति श्रेष्ठ र प्रजना मानन्धरले तेस्रो स्थान हात पारे ।

पुरुष डबल्समा आयुषमान र प्रवणको जोडी च्याम्पियन भएको थियो । उनीहरूले निशान र सक्षमविक्रम शाहको जोडीलाई हराएको थियो । महिला डबल्समा शिभालीले स्वस्तिकासँग मिलेर प्रजना र प्रकृतिलाई हराएर उपाधि जितिन् ।

त्यस्तै भेट्रानतर्फ ३५ वर्षमाथि जितेन्द्र परियार, ४५ वर्षमाथि कमल भण्डारी, ५५ वर्षमाथि चन्द्र शाही, ६५ वर्षमाथि कमल थापा र ७० वर्षमाथि विदुर विष्टले उपाधि जितेका थिए ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाले आयोजना गरेको प्रतियोगिताका विजेतालाई प्रधान सेनापति अशोकराज सिग्देलले पुरस्कृत गरे ।

प्रतियोगितामा १२ क्लबका २ सय १२ खेलाडीले १३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

कान्तिपुर

Link copied successfully