पोसाकका लागि एनओसी र पेलियटबीच सम्झौता

सम्झौताअनुसार पेलियटले २० औं एसियाली खेलकुद र दुई वर्षपछि हुने लस एन्जलस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई खेल सामाग्री उपलब्ध गराउने छ ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

NOC and Pellet sign agreement for uniforms

काठमाडौँ — एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले मंगलबार चिनियाँ स्पोर्टिङ किट ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ ।

सातदोबाटोस्थित एनओसी भवनमा पेलियटका उपाध्यक्ष चाओ ली र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार पेलियटले २० औं एसियाली खेलकुद र दुई वर्षपछि हुने लस एन्जलस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई खेल सामाग्री उपलब्ध गराउने छ ।

ओलम्पिक कमिटीले पनि आफ्नो  प्रचारप्रसारको माध्यममा पेलियटलाई पनि स्थान दिनेछ । गत महिना चीनको सान्यामा सम्पन्न एसियन बिच गेम्समा पनि पेलियटले नेपाली खेलाडीलाई खेल सामग्री उपलब्ध गराएको एनओसीले जनाएको छ ।

एनओसी अध्यक्ष श्रेष्ठले एसियन गेम्सदेखि एलए ओलम्पिकसम्म नेपाली खेलाडीले पेलियट ब्रान्डकै पोसाक लगाउने जानकारी बताए । उनले पेलियटको गुणस्तर पनि राम्रो भएकोले यस बान्डलाई पार्टनरको रूपमा स्वीकारेको र यस पोसाकले नेपाली खेलाडीको आकर्षण पनि बढाउने दाबी गरे ।

कान्तिपुर

Link copied successfully