नेपालले चीनसँग खेल्ने

नेपाल समूह ‘बी’ मा चीन र इन्डोनेसियासँगै छ । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

Nepal to play against China

काठमाडौँ — नेपाली महिला क्रिकेट टोलीले बुधबार एसियाली खेलकुदको महिला छनोटको समूह चरणमा चीनको सामना गर्दै छ ।

मलेसियामा मंगलबार सुरु प्रतियोगिताको पहिलो दिन चीनले इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको थियो ।

इन्डोनेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८२ रन बनायो । त्यसलाई चीनले १९.५ ओभरमै पूरा गरेको थियो । नेपाल समूह ‘बी’ मा चीन र इन्डोनेसियासँगै छ । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा विजय हात पारेको छ । सन् २०१९ को फेब्रुअरीयता नेपाल र चीन पहिलो पटक भेट्न लागेका हुन् । 

समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । विजेताले फाइनल खेल्नेछन् भने सेमिफाइनल पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्ने छ । शीर्ष तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदलाई छानिनेछ । 

कान्तिपुर

Link copied successfully