मिलानले वर्खास्त गर्‍यो एलेग्रीलाई

मिलान अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन असफल रहे पनि उनलाई हटाइएको हो ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

Milan sacks Allegri

काठमाडौँ — एसी मिलानले सोमबार आफ्ना प्रशिक्षक मासिमिलिनो एलेग्रीलाई वर्खास्त गरेको छ । मिलान अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन असफल रहे पनि उनलाई हटाइएको हो । इटालीको सिरी ए को यो जिनको अन्त्यमा मिलान पाँचौं स्थानमा रहेको थियो ।

उसको अगाडि लिग च्याम्पियन इन्टर मिलान, नेपोली, रोमा र कोमो रहे । आइतबारको अन्तिम खेलमा १९ पल्टका लिग च्याम्पियन मिलान घरमा कागलिरीसँग २–१ ले पराजित भएको थियो । उनी पछिल्लो मे महिनामै मात्र मिलानको प्रशिक्षकको नियुक्त भएका थिए ।

गत सिजन पनि मिलान च्याम्पियन्स लिगका लागि छनोट हुन सकेको थिएन् । क्लबले भनेको छ, ‘अब टिममा नयाँ परिवर्तन आवश्यक छ ।’

कान्तिपुर

Link copied successfully