समूह चरणबाटै बाहिरिएका टोलीबीच वरीयताका लागि प्रतिस्पर्धा भइरहेको छ । किर्गिस्तानले बंगलादेशलाई २५–१५, २५–१०, २५–१० को सोझो सेटमा हराएको थियो ।
काठमाडौँ — काभा महिला भलिबल च्याम्पियनसिपमा मंगलबार किंर्गिस्तान र श्रीलंका विजयी भएका छन् ।
समूह चरणबाटै बाहिरिएका टोलीबीच वरीयताका लागि प्रतिस्पर्धा भइरहेको छ । किर्गिस्तानले बंगलादेशलाई २५–१५, २५–१०, २५–१० को सोझो सेटमा हराएको थियो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबारै भएको अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५–१७, २५–१८, २५–१३ को सोझो हराएको थियो ।
बुधबार किर्गिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दा माल्दिभ्स र बंगलादेश आमनेसामने हुनेछन् ।
समूह ‘ए’ भारत र आयोजक नेपाल सेमिफाइनलमा पुग्दा किर्गिस्तान र माल्दिभ्स बाहिरिएको थियो । समूह ‘बी’ बाट इरान र काजकिस्तान सेमिफाइनलमा पुग्दा श्रीलंका र बंगलादेश बाहिरिएको थियो । च्याम्पियनसिपको सेमिफाइनल बिहीबार हुनेछ । नेपालले इरानसँग खेल्दा भारतको भेट काजकिस्तानसँग हुनेछ ।