दिल्लीको सान्त्वना जित

दिल्लीका लागि यो सान्तवना जित भन्दा बढी रहेन्, किनभने यो प्ले अफ पुग्नका लागि पर्याप्त रहेन् ।

जेष्ठ ११, २०८३

हिमेश

Delhi's consolation win

काठमाडौँ — दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणको अन्तिम खेलमा कोलकाता नाइटराइडर्सलाई ४० रनले पराजित गरेको छ । दिल्लीका लागि यो सान्तवना जित भन्दा बढी रहेन्, किनभने यो प्ले अफ पुग्नका लागि पर्याप्त रहेन् ।

यो खेलसँगै यसपल्टको प्रतियोगिताको लिग चरणका खेल समाप्त भएका छन् । अब मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच क्वालिफायनर वानको खेल हुनेछ । यस्तै बुधबार राजस्थान रोयल्स र सनराइज हैदरावाद इलिमिनेटरमा भिड्ने छन् ।

इडेन गार्डेनमा भएको खेलमा दिल्लीले पहिले ब्याटिङ गर्दै केएल राहुलको ६० रनको मदतले पाँच विकेटमा २ सय ३ रन बनाएको थियो । जवाफमा कोलकाता १८.४ ओभरमा १ सय ६३ रन बनाएर अलआउट भयो ।

हिमेश

Link copied successfully