भुटानविरुद्धको खेलमा डेब्यु गर्दै अनिता लाम्जेल

गोवास्थित नेहरू स्टेडियममा सोमबार हुने उद्घाटन खेलमा प्रशिक्षक नवीन न्यौपानेले घोषणा गरेको ११ सदस्यीय टोलीमा अनिता लाम्जेलले पहिलो पटक अवसर पाएकी छिन्।

जेष्ठ ११, २०८३

कान्तिपुर संवाददाता

Anita Lamzel making her debut against Bhutan

काठमाडौँ — वुमेन्स साफ च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा नेपालले सोमबार भुटानको सामना गर्दैछ । समूह ‘ए’ को यस खेलका लागि प्रमुख प्रशिक्षक नवीन न्यौपानेले सुरुआती ११ सदस्यीय टिम घोषणा गरेका छन् र त्यसमा फरवार्ड अनिता लाम्जेलले डेब्युको अवसर पाउँदैछिन् ।

खेल भारतको गोवास्थिति पण्डित जवाहरलाल नेहरू स्टेडियमा हुँदैछ । घोषित टिमको गोलरक्षकमा एन्जिला सुब्बा रहेकी छिन् र उनकै नेतृत्वमा नेपाल मैदानमा उत्रदैछ । डिफेन्समा गीता राना, पूजा राना, विमला विक र हिराकुमारी भुजल छन् । यस्तै मिडफिल्डमा रेनुका नगरकोटे र दीपा शाही छन् ।

फरवार्डमा लाम्जेलसँगै अनिता बस्नेत, रश्मिकुमारी घिसिङ र रेखा पौडेल गरेका छन् । नेपालको समूहमा श्रीलंका पनि रहेको छ । लिग चरणको समाप्तीमा शीर्ष दुई स्थानमा रहेका टिम सेमिफाइनल पुग्नेछन् । पछिल्लो संस्करणको प्रतियोगितमा भुटानले नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।

कान्तिपुर

Link copied successfully