अब शीर्ष दुई स्थानमा रहेका रोयल च्यालेर्न्स बेंगलुरु र गुजरात टाइटन्सबीच क्वालिफायर–वान हुनेछ ।
काठमाडौँ — राजस्थान रोयल्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्ले अफको यात्रा निश्चित गरेको छ । यो जितपछि राजस्थान १६ अंकमा चौथो स्थानमा रह्यो । अब शीर्ष दुई स्थानमा रहेका रोयल च्यालेर्न्स बेंगलुरु र गुजरात टाइटन्सबीच क्वालिफायर–वान हुनेछ ।
यस्तै सनराइज हैदरावाद र राजस्थानले इलिमिनेटर खेल्नेछन् । वानखेडे स्टेडियममा भएको खेलमा राजस्थानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा २ सय ५ रन बनाएको थियो । त्यसमा ध्रुव जुरेलले ३८ र जोफ्रा आर्चरले ३२ रन बनाए ।
जवाफमा मुम्बईले नौ विकेटमा १ सय ७५ रन मात्र बनाउन सक्यो । त्यसमा सूर्यकुमार यादवले ६० रन बनाए पनि त्यसको कुनै अर्थ रहेन । राजस्थानका बलरमध्ये आर्चरले १७ रनमा तीन विकेट लिए । यो खेलपछि दिल्ली क्यापिटल्स र कोलकाता नाइटराइडर्सबीचको खेलको नतिजाले प्रतियोगितामा कुनै फरक पार्ने छैन ।
