३ किलोमिटर दौडमा पुरुषतर्फ डोलराज भुसाल दोस्रो, चन्द्र महर्जन तेस्रो र दिलीप घतानी चौथो भए ।
काठमाडौँ — दीगेन्द्र सुब्बा र शर्मिला गौलीले दौड प्रतियोगिता जितेका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १३ को आर्थिक सहयोगमा वडा स्तरीय महिला समूहद्वारा शनिबार आयोजित दौडमा दीगेन्द्र पुरुषतर्फ र शर्मिला महिलातर्फ विजयी भएका हुन् ।
३ किलोमिटर दौडमा पुरुषतर्फ डोलराज भुसाल दोस्रो, चन्द्र महर्जन तेस्रो र दिलीप घतानी चौथो भए । महिलातर्फ राधिका भट्ट दोस्रो, लक्ष्मी भण्डारी तेस्रो र लिला कार्की चौथो भइन् ।
बालबालिका तथा युवातर्फ आयुष भण्डारी पहिलो, गौरव अधिकारी दोस्रो, कृतज्ञ खड्का तेस्रो र उजशा नेपाल चौथो भए ।
विजेतालाई वडा नम्बर १३ का अध्यक्ष गणेश केसी, उपाध्यक्ष एवं भलिबलका पूर्वराष्ट्रिय खेलाडी रबि बोगटी, सदस्य एवं संयोजक सरस्वती जोशी तथा वडा स्तरीय महिला समूहका सचिव इन्दिरा काफ्लेले पुरस्कृत गरे ।
