हैदरावादसँग हारे पनि बेंगलुरु नै पहिलो

यो नतिजाका बावजुत बेंगलुरु नै लिग तालिकाको शीर्षमा रह्यो र उसको १८ अंक छ । हैदरावाद भने समान अंकमा तेस्रो स्थानमा रह्यो ।

जेष्ठ ९, २०८३

कान्तिपुर संवाददाता

Despite losing to Hyderabad, Bengaluru is first.

काठमाडौँ — सनराइज हैदरावादले इन्डियन प्रिमियर लिगमा शुक्रबार रोयल च्यालेर्न्स बेंगलुरुलाई ५५ रनले पराजित गरेको छ । यो नतिजाका बावजुत बेंगलुरु नै लिग तालिकाको शीर्षमा रह्यो र उसको १८ अंक छ । हैदरावाद भने समान अंकमा तेस्रो स्थानमा रह्यो ।

गुजरात टाइटन्स पनि १८ अंकमै दोस्रोमा छ । तीनै टिम प्ले अफ पुगिसकेका छन् । त्यसमध्ये बेंगलुरु र गुजरातले पहिलो क्वालिफायर्स खेल्ने छन् । हैदरावदले भने इलिमिनेटर खेल्नेछ । उसको त्यसमा प्रतिद्वन्द्वी भने तय हुन बाँकी रहेको छ । अहिलेका लागि राजस्थान रोयल्स १४ अंकमा चौथो स्थानमा छ ।

हैदरावादमा भएको खेलमा घरेलु टिमले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय ५५ रन बनाएको थियो । त्यसमा इसान किसनले सर्वाधिक ७९ रन बनाए । जवाफमा बेंगलुरुले चार विकेट गुमाएर दुई सय रन मात्र बनाउन सक्यो । रजत पाटिदारको ५६ रन यसमा सर्वाधिक ठूलो स्कोर रह्यो ।

कान्तिपुर

Link copied successfully