अब अंक तालिकाको शीर्ष दुई स्थान भित्र को रहने भन्ने निर्णय रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरातबीच हुनेछ र उनीहरूले नै अब क्वालिफायर वान खेल्नेछन् ।
काठमाडौँ — गुजरात टाइटन्सले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा ८९ रनले पराजित गरेको छ । यो नतिजाले चेन्नाइको प्ले अफ सम्भावना समाप्त भएको छ । अर्कोतर्फ गुजरात भने शीर्ष दुई भित्र रहने निश्चित भएको छ ।
अब अंक तालिकाको शीर्ष दुई स्थान भित्र को रहने भन्ने निर्णय रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरातबीच हुनेछ र उनीहरूले नै अब क्वालिफायर वान खेल्नेछन् । दुवै टिम समान १८ अंकमा छन् । चेन्नाइ भने १२ अंकमा सातौं स्थानमा रह्यो ।
साइ सुदर्शनको ८४ र शुभमन गिलको ६४ रनको मदतले गुजरातले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय २९ रन बनाएको थियो । जस बटलर पनि ५७ रन बनाएर नटआउट रहे ।
जवाफमा चेन्नाइ १३.४ ओभरमा १ सय ४० रन मात्र बनाएर अलआउट भयो । गुजरातका लागि मोहम्मद सिराज र कगिसो रबाडाले तीन तीन विकेट लिए ।
