क्यारेक बने युनाइटेडका स्थायी प्रशिक्षक

क्यारेकले खेलाडीका रूपमा युनाइटेडमा १२ वर्ष बिताएका थिए । यसक्रममा उनले पाँचपल्ट प्रिमियर लिग र एक/एक पल्ट च्याम्पियनस लिग तथा एफए कप जितेका थिए ।

जेष्ठ ८, २०८३

हिमेश

Careke becomes permanent United coach

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले शुक्रबार आफ्नो स्थायी प्रमुख प्रशिक्षकमा माइकल क्यारेकलाई नियुक्त गरेका छन् । यो सिजनको इंग्लिस प्रिमियर लिगमा युनाइटेड तेस्रो स्थानमा रहने निश्चित भएपछि त्यसकै पुरस्कारका रूपमा उनलाई यो जिम्मेवारी दिइएको हो ।

युनाइटेडले भनेको छ, ‘माइकल क्यारेकसँग हामीले मुख्य प्रशिक्षकका रूपमा नयाँ अनुबन्ध गरेका छौं र यो घोषणा गर्दा हामीलाई खुसी लागेको छ ।’ जनवरीमा रुबेन एमोरिम बर्खास्तीमा परेपछि ३३ वर्षीय युनाइटेडकै पूर्वखेलाडीलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।

उनी आएयता युनाइटेड लयमा देखिएको थियो र यसैक्रममा क्लब अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि पनि छनोट भएको थियो । क्यारेकले पनि आफ्नो प्रतिक्रियामा भनेका छन्, ‘२० वर्ष अगाडि युनाइटेडमा आउँदा मैले जादु महसुस गरेको थिएँ । यही क्लबको जिम्मेवारी सम्हाल्नु मेरो लागि गर्वको उपलब्धि हो ।’

एमोरिम बर्खास्तीमा पर्दा युनाइटेडको स्थिति निकै दयनीय थियो । यी पोर्चुगाली प्रशिक्षकको रणनीतिमा खेलाडीले खेल्नै सकेका थिएनन् । क्यारेकले खेलाडीका रूपमा युनाइटेडमा १२ वर्ष बिताएका थिए । यसक्रममा उनले पाँचपल्ट प्रिमियर लिग र एक/एक पल्ट च्याम्पियनस लिग तथा एफए कप जितेका थिए ।

हिमेश

Link copied successfully