उसले इस्टानबुलमा भएको फाइनलमा जर्मन प्रतिद्वन्द्वी फ्रेबर्गलाई सजिलै ३–० ले पराजित गर्न सफल रह्यो ।
काठमाडौँ — एस्टन भिल्लाले आफ्नो ३० वर्षको उपाधि खडेरी तोड्दै बुधबार युरोपा लिगको उपाधि जितेको छ । उसले इस्टानबुलमा भएको फाइनलमा जर्मन प्रतिद्वन्द्वी फ्रेबर्गलाई सजिलै ३–० ले पराजित गर्न सफल रह्यो ।
इंग्लिस प्रिमियर लिग क्लबका लागि योरी टेलेमन, इमिलिनो बुन्डेआ र मोर्गन रोजर्सले एक एक गोल गरे । भिल्लाले अन्तिम पटक सन् १९९६ मा लिगकप जितेको थियो । यस्तै भिल्लाले ४४ वर्षको अन्तरमा पहिलो पटक युरोपेली उपाधि हात पारेको हो ।
त्यति बेला सन् १९८२ मा भिल्लाले युरोपियन कप जितेको थियो । भिल्लाका स्पेनी प्रशिक्षक उनई एमरीले भने युरोपा कप जितेको यो व्यक्तिगत रूपमा पाँचौं पल्ट हो ।
