प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौर, काठमाडौंमा हुने महासचिव कुवेरप्रकाश सिंहले जानकारी गराए ।
काठमाडौँ — अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा जेठ १४ गतेदेखि १७ गतेसम्म ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौर, काठमाडौंमा हुने महासचिव कुवेरप्रकाश सिंहले जानकारी गराए ।राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सातै प्रदेश तथा तीन विभागीय टोली सहभागी हुनेछन्।
प्रतियोगिता इभेन्ट्स पुरुष टिम इभेन्ट्स, महिला टिम इभेन्ट्स, पुरुष सिंगल्स, महिला सिंगल्स, मेन्स डबल्स, लेडिज डबल्स, मिक्स डबल्स, जुनियर ब्वाइज अन्डर १९, जुनियर गर्ल्स अन्डर १९, क्याडेड ब्वाइज अन्डर १५, क्याडेड गर्ल्स अन्डर १५ गरी ११ विधामा प्रतिस्पर्धा हुनेछ ।
