पछिल्ला सात खेलमा कोलकाताको यो छैटौं जित हो । सुरुआती छ खेलमा भने यही टिम जितविहीन रहेको थियो ।
काठमाडौँ — कोलकाता नाइट राइडर्सले आफ्नो प्ले अफ सम्भावना कायम राख्ने बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ । तर यो सम्भावना अन्य टिमको प्रदर्शनमा पनि टिक्नेछ ।
पछिल्ला सात खेलमा कोलकाताको यो छैटौं जित हो । सुरुआती छ खेलमा भने यही टिम जितविहीन रहेको थियो । एडेन गार्डेनमा भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ४७ रन बनाएको थियो ।
जवाफमा मनीष पाण्डेको ४५ र रोभमन पावेलको ४० रनको मदतले कोलकाताले १८.५ ओभरमा छ विकेट गुमाएर १ सय ४८ रन बनायो । यो जितपछि कोलकाता १३ अंकमा छैटौं स्थानमा रह्यो । मुम्बई भने आठ अंकमा नवौं स्थानमा छ ।
