राजस्थानको प्ले अफ सम्भावना बलियो

यो जितपछि राजस्थान १४ अंकमा चौथो स्थानमा रह्यो । लखनउ भने आठ अंकमा दसौं स्थानमा छ ।

जेष्ठ ६, २०८३

कान्तिपुर संवाददाता

Rajasthan's playoff chances are strong

काठमाडौँ — राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मंगलबार लखनउ सुपर जायन्ट्सलाई सात विकेटले पराजित गर्दै आफ्नो प्ले अफ सम्भावना बलियो बनाएको छ । यो जितपछि राजस्थान १४ अंकमा चौथो स्थानमा रह्यो । लखनउ भने आठ अंकमा दसौं स्थानमा छ ।

जयपुरमा भएको खेलमा लखनउले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय २० रन बनाएको थियो । त्यसमा ओपनर मिचेल मार्सको ९६ रनको योगदान रह्यो । जवाफमा राजस्थानले १९.१ ओभरमा तीन विकेट गुमाएर २ सय २५ रन बनाएको थियो ।

त्यस जितका नायक रहे, वैभव सूर्यवंशी । उनले ३८ बलमा ९३ रन बनाए । उनले सात चौका र दस छक्का प्रहार गरे । यस्तै ध्रुव जुरेलले ३८ बलमा ५३ रन बनाए र नटअआउट पनि रहे ।

कान्तिपुर

Link copied successfully