एली जुनियरको गोलले बर्नमाउथले अग्रता लिएपछि सिटीका लागि खेलको अन्त्यतिर इर्लिङ हालान्डले बराबरी गोल फर्काए ।
काठमाडौँ — बर्नमाउथले इंग्लिस प्रिमियर लिगमा मंगलबार म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ र यससँगै आर्सनलले लिग उपाधि जित्ने निश्चित भएको छ । आर्सनल २२ वर्षपछि लिग च्याम्पियन भएको हो ।
एली जुनियरको गोलले बर्नमाउथले अग्रता लिएपछि सिटीका लागि खेलको अन्त्यतिर इर्लिङ हालान्डले बराबरी गोल फर्काए । यो नतिजापछि आर्सनल अन्तिम चरणका खेल अगाडि चार अंकले अगाडि रह्यो र अब उसलाई सिटीले उछिन्न सक्ने छैन् ।
आर्सनलको ८२ अंक छ भने सिटी ७८ अंकमै सीमित रह्यो । मंगलबारकै अर्को खेलमा चेल्सीले टोटनहमलाई २–१ ले हरायो । यो नतिजाले टोटनहनमाथि रेलिगेसन डर कायम रह्यो । टोटनहम ३८ अंकमा १७ औं स्थानमा छ । उसको पछाडि वेस्ट ह्याम ३६ अंकमा छ ।
