अमेरिकी क्रिकेटरद्वारा युनिग्लोब क्रिकेट एकेडेमीको उद्घाटन

कलेजले फुटसल, बास्केटबल खेल्ने मैदानसहित क्रिकेटलाई पनि प्रवर्धन गर्ने उद्देश्यले नेट मैदान सञ्चालन गरिएको हो ।

जेष्ठ ६, २०८३

कान्तिपुर संवाददाता

American cricketer inaugurates Uniglobe Cricket Academy

काठमाडौँ — अमेरिकी क्रिकेट खेलाडी हरमित सिंहले युनिग्लोब प्रिमियर स्कुल/कलेजमा निर्माण गरिएको क्रिकेटको नेट अभ्यास मैदानको उदघाट्न गरेका छन् ।

हरमित विश्वकप लिग २ का खेल्नका लागि अहिले नेपाल आएका छन् । उनले एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेलेर उत्कृष्ट प्रदर्शन गरेका थिए ।

काठमाडौ, नयाँ बानेश्वरमा अवस्थित नेपालको शैक्षिक क्षेत्रमा उत्कृष्ट पहिचान बनाउँदै आएको युनिग्लोब कलेजले विद्यार्थीको अध्ययनमा उत्कृष्टता हासिल गर्दै अतिरिक्त क्रियाकलापको रूपमा खेलकुदलाई पनि उच्च प्राथमिकता दिएको छ ।

American cricketer inaugurates Uniglobe Cricket Academy

कलेजले फुटसल, बास्केटबल खेल्ने मैदानसहित क्रिकेटलाई पनि प्रवर्धन गर्ने उद्देश्यले नेट मैदान सञ्चालन गरिएको हो ।  

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह उपस्थित थिए । कलेजका अध्यक्ष नरबहादुर बिष्टले विद्यार्थीलाई पढाइमा अब्बल बनाउनुका साथै खेलकुद र अतिरिक्त क्रियाकलापको समेत सुविधा दिएर बहुआयामिक पद्धतिबाट विकास गर्ने मुख्य उद्देश्य रहेको बताए । क्रिकेटर हरमितले युनिग्लोवले खेलकुद र क्रिकेट जस्तो विश्वव्यापी रूपमा लोकप्रिय खेललाई प्रोत्साहन दिएकोमा कलेजलाई धन्यवाद दिए ।

कान्तिपुर

Link copied successfully