अध्यक्ष र महासचिवको मनोमानीका कारण नेपाली बुद्धिचाल खेल सीमित घेरामा खुम्चिएको आरोप लगाउँदै ती सदस्यहरूले विदेशमा हुने प्रतियोगिताका लागि खेलाडी छनोटमा पनि मनोमानी गरेको जनाएका छन् ।
काठमाडौँ — नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध साधारणसभाका सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । उनीहरूले मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघमा आर्थिक अपारदर्शिता रहेको, खेलाडीको मागप्रति बेवास्ता र विधान उल्लंघन गरेको आरोप लगाएका छन् ।
अध्यक्ष र महासचिवको मनोमानीका कारण नेपाली बुद्धिचाल खेल सीमित घेरामा खुम्चिएको आरोप लगाउँदै ती सदस्यहरूले विदेशमा हुने प्रतियोगिताका लागि खेलाडी छनोटमा पनि मनोमानी गरेको जनाएका छन् ।
यसअघि बुद्धिचालका चार सदस्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा महासंघविरुद्ध उजुरी दिएपछि छानबिन गरिएको थियो । त्यसको प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक भएको छैन ।