ग्वार्डिओला सिटी छाड्दै

इंग्लिस मिडियाले मंगलबार ग्वार्डिओलाको सिटीमा एक दशकको बसाईमा पूर्ण विराम लाग्ने जनाएका हुन् ।

जेष्ठ ५, २०८३

कान्तिपुर संवाददाता

Guardiola leaving City

काठमाडौँ — पेप ग्वार्डिओलाले यस सिजनको अन्त्यसँगै इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी छाड्ने भएका छन् । इंग्लिस मिडियाले मंगलबार ग्वार्डिओलाको सिटीमा एक दशकको बसाईमा पूर्ण विराम लाग्ने जनाएका हुन् ।

स्पेनी ५५ वर्षीय प्रशिक्षक ग्वार्डिओलाले सिटीका लागि यसबीच छ प्रिमियर लिग र पहिलो युरोपेली च्याम्पियन्स लिग उपाधिसँगै प्रमुख २० ट्रफि जिते । सन् २०१६ मा उनी सिटी आएका हुन् ।

डेली मेल र एथलेटिकोका अनुसार सिटीले सिजनको अन्तिम लिग खेलमा एस्टन भिल्लाको सामना गर्नेछ र त्यस खेलबाटै ग्वार्डिओलाले क्लबबाट बिदा लिनेछन् । सिटीले यसबारे औपचारिक रूपमा केही पनि भनेको भने छैन् । ग्वार्डिओलाले यसअघि बार्सिलोना र बायर्न म्युनिक पनि सम्हालेका थिए ।

कान्तिपुर

Link copied successfully