आर्सनल लिग उपाधिको संघारमा

यो जितसँगै आर्सनलले शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ ।

जेष्ठ ५, २०८३

कान्तिपुर संवाददाता

Arsenal on the verge of the league title

काठमाडौँ — आर्सनल २२ वर्षयता पहिलो पटक इंग्लिस प्रिमियर लिग उपाधि जित्ने संघारमा पुगेको छ र उसले सोमबारको खेलमा बर्नलीलाई १–० ले हराएको छ । यो जितसँगै आर्सनलले शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ ।

खेलको एक मात्र गोल काइ हार्भटेजले गरे । म्यानचेस्टर सिटीले मंगबालरको खेलमा बर्नमाउथलाई पराजित गर्न असफल रहे आर्सनल लिग च्याम्पियन हुनेछ । त्यस खेलमा सिटीले बर्नमाउथको १६ खेलको अपराजित यात्रा टुंग्याउँछ भने पनि आर्सनलले आइतबार लिग जित्न सक्नेछ ।

अन्तिम दिनको खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । यसअघि नै रेलिगेसनमा परिसकेको बर्नलीले लिगका आफ्ना अन्तिम दस खेलमा दुई अंक मात्र प्राप्त गरेको छ ।

कान्तिपुर

Link copied successfully