एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रेकर्ड पनि सन्दीपकै नाममा रहेको छ । उनले ४२ खेलमा १०० विकेट लिएका थिए ।
काठमाडौँ — एकदिवसीय क्रिकेटमा सन्दीप लामिछानेले विश्व रेकर्ड कायम गरेका छन् । सोमबार विश्वकप लिग-२ अन्तर्गत ३ विकेट लिँदै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन् । सन्दीपले ७३ खेलमा १५० विकेट लिएका हुन् ।
यसअघि यो रेकर्ड अस्ट्रेलियाली खेलाडी मिचेल स्टार्कको नाममा रहेको थियो । मिचेलले ७७ खेलमा १५० विकेट लिएका थिए । एकदिवसीय क्रिकेटमा १५० विकेट लिने बलर धेरै भए पनि थोरै खेलमा यो सफलता हासिल गर्ने रेकर्ड भने सन्दीपले लेखाउन सकेका हुन् ।
मिचेलको रेकर्ड पनि ५ वर्षभन्दा बढी समय कसैले तोड्न सकेको थिएन । सोमबारको खेलमा सन्दीपले जर्ज मुन्सी, ब्रान्डन मकमलेन र म्याथ्यु क्रसको विकेट लिएका हुन् ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रेकर्ड पनि सन्दीपकै नाममा रहेको छ । उनले ४२ खेलमा १०० विकेट लिएका थिए ।
