राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गरेको छ र यससँगै आफ्नो प्ले अफ सम्भावना कायम राखेको छ ।
काठमाडौँ — दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा आइतबार राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गरेको छ र यससँगै आफ्नो प्ले अफ सम्भावना कायम राखेको छ । यो जितपछि दिल्लीको १२ अंक भएको छ र सातौ स्थानमा छ ।
राजस्थान पनि समान १२ अंकमै रहेको छ र छैटौं स्थानमा छ । नयाँ दिल्लीमा भएको खेलमा राजस्थानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ९३ रन बनाएको थियो । ध्रुव जुरेलले ५३ र कप्तान रायन परागले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
जवाफमा दिल्लीले १ सय ९४ रनको लक्ष्य सफलतापूर्वक पछयाउने क्रममा पाँच विकेटमा १ सय ९७ रन बनाएको थियो । त्यसमा अभिषेक पोरेलले ५१ र केएल राहुलले ५६ रनको योगदान गरे ।
