ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडका लागि लुका स, म्याथेस कुन्हा र ब्रायन एमबेमोले एक/एक गोल गरे ।
काठमाडौँ — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार नटिंघम फरेस्टलाई ३–२ ले पराजित गरेको छ र तेस्रो स्थानमा लिग टुंग्याउने निश्चित गरेको छ । यो जितपछि युनाइटेडको ६८ अंक भएको छ ।
यो चौथोमा रहेको एस्टन भिल्लामाथि ६ अंकको अग्रता हो । युनाइटेडले यसअघि नै अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने निश्चित गरिसकेको थियो । फरेस्ट भने ४३ अंकमा १६ औं स्थानमा रह्यो ।
फरेस्ट पनि रेलिगेसनबाट बच्ने निश्चित भइसकेको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडका लागि लुका स, म्याथेस कुन्हा र ब्रायन एमबेमोले एक/एक गोल गरे । यस्तै फरेस्टका तर्फबाट मोराटो र मोर्गन गिब्स ह्वाइटले एक/एक गोल फर्काए ।
