इडेन गार्डेनमा भएको खेल जितपछि कोलकाताको १२ खेलबाट ११ अंक भएको छ र सातौं स्थानमा छ ।
काठमाडौँ — कोलकाता नाइट राइडर्सले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा गुजरात टाइटन्सलाई २९ रनले पराजित गर्दै आफ्नो प्ले अफ सम्भावना कायम राखेको छ । इडेन गार्डेनमा भएको खेल जितपछि कोलकाताको १२ खेलबाट ११ अंक भएको छ र सातौं स्थानमा छ ।
गुजरात भने १३ खेलबाट १६ अंकमै सीमित रहेर दोस्रो स्थानमा रह्यो । यो खेल जितेको भए गुजरात शीर्ष स्थानमा उक्लने थियो । कोलकाताले पहिले ब्याटिङ गर्दै दुई विकेटमा २ सय ४७ रन बनाएको थियो । त्यसमा फिन एलेनले चार चौका र १० छक्काको ३५ बलमा ९३ रन बनाए ।
यस्तै अंगकृश रघुवंशीिले ४४ बलमा ८२ रन जाडे । उनको ब्याटबाट चार चौका र सात छक्का निस्केको थियो । जवाफमा गुजरातले चार विकेटमा २ सय १८ रन मात्र बनाउन सक्यो । कप्तान शुभमन गिलले ४९ बलमा ८५ रन बनाए पनि त्यो पर्याप्त रहेन् ।
यस्तै जस बटलरले ३५ बलमा बनाएको ५७ रन पनि काम लागेन् । कोलकाताका लागि सुनिल नारानले २९ बलमा दुई विकेट लिए कसिकसाउ बलिङ गरे ।
