बेंगलुरु प्ले अफमा छनोट हुने पहिलो टिम पनि बनेको छ । यो जितसँगै बेंगलुरु १८ अंकमा शीर्ष स्थानमा रह्यो ।
काठमाडौँ — रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिगमा पंजाव किंग्सलाई आइतबार २३ रनले पराजित गरेको छ र प्ले अफका लागि छनोट भएको छ ।
बेंगलुरु प्ले अफमा छनोट हुने पहिलो टिम पनि बनेको छ । यो जितसँगै बेंगलुरु १८ अंकमा शीर्ष स्थानमा रह्यो ।
पंजावको यो लगातार छैटौं हार हो र यसले उसको प्ले अफ सम्भावना कमजोर बनेको छ । पंजाव १३ अंकमा सीमित रह्यो र चौथो स्थानमा रह्यो । धर्मशालामा जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याएको पंजावले जवाफमा आठ विकेट गुमाएर १ सय ९९ रन मात्र बनाउन सक्यो ।
शशांक सिंहले पंजावका लागि सर्वाधिक ५६ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको बेंगलुरुले चार विकेटमा २ सय २२ रन बनाएको थियो । त्यसमा भेंकटेश्वर अयरले सर्वाधिक ७३ रन बनाए ।
उनले नटआउट रहेर ४० बलमा आठ चौका र चार छक्का प्रहार गरे । ओपनर विराट कोहलीले पनि ५८ र देवदत्त पाडिकलले ४५ रनको योगदान गरे ।
