अन्तिम दिनको खेल सनसनीपूर्ण रह्यो र यसक्रममा स्टुटगार्टले युरोपेली च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । सेन्ट पउली र हेडनहाइम भने रेलिगसेनमा परेका छन् ।
What you should know
काठमाडौँ — फरवार्ड ह्यारी केनको ह्याट्रिकसँगै जर्मन बुंडेसलिगाको अन्तिम दिन शनिबार बायर्न म्युनिकले कोलोनलाई ५–१ ले हराएको छ र यससँगै र्कीिर्तमान ३५ औं पल्ट च्याम्पियन भएको खुसीयाली मनाएको छ ।
अन्तिम दिनको खेल सनसनीपूर्ण रह्यो र यसक्रममा स्टुटगार्टले युरोपेली च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । सेन्ट पउली र हेडनहाइम भने रेलिगसेनमा परेका छन् ।
इंग्ल्यान्डको केनले यो सिजनको आफ्नो चौथो तीन गोलको उपलब्धी छोए र लिगकै सर्वाधिक गोलकर्ता भए । उनले ३६ गोल गरे । रेलिगेनस संघर्ष भने त्रिकोणात्मक थियो र त्यसमा उल्भबर्ग नाटकीय जित निकाल्न सफल रह्यो । यस्तोमा सेन्ट पउल र हेडनहायन स्वतः तल झरेका हुन् । अन्तिम चरणको खेल सुरु हुन अगाडि तीनै टिम समान अंकमा थिए ।
यस्तोमा उल्भबर्गले सेन्ट पउलीलाई ३–१ ले पराजित गरेको थियो । तर यसको अर्थ उल्भ्सबर्ग पूर्ण रूपमा सुरक्षित भने भएको छैन् । उसले अब यसै महिना ह्यानहोभर, एल्सबर्ग र पाडरेबर्न सम्मिलित प्ले अफ खेल्नेछ । सेन्ट पउली भने बुंडेसलिगामा दुई वर्ष बिताए तल झर्नेछ । हेडनहामइ भने मेन्जको हातबाट नाटकीय रूपमा २–० ले पराजित रह्यो र उसको तीन वर्षको बुंडेसलिगा बसाइमा पूर्ण विराम लाग्यो ।
स्टुटगार्टले भने इन्ट्राख्ट फ्रायन्कफर्टसँग २–२ को बराबरी खेलेपछि अर्को सिजन च्याम्पियन्स लिग खेल्न निश्चित भएको हो । होभनहाइन र बायर लेभरकुजनले अर्को सिजन युरोपा लिग खेल्नेछन् । फ्रेबर्ग सातौं स्थानमा रह्यो र उसले आरबी लाइपजिगलाई ४–१ ले हरायो । फ्रेबर्गले एस्टन भिल्लाविरुद्ध युरोपा लिग फाइनल खल्दै र त्यसको नतिजाले उसको च्याम्पियन्स लिग खेल्ने हो अथवा कन्फ्रेनस लिग खेल्ने हो, त्यो तय गर्नेछ ।
