भिल्ला च्याम्पियन्स लिगमा छनोट

हारले लिभरपुलको युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने सम्भावना अनिश्चित रह्यो ।

जेष्ठ २, २०८३

कान्तिपुर संवाददाता

Villa qualify for Champions League

काठमाडौँ — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शुक्रबार लिभरपुलमाथि ४–२ को जित रचेपछि अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ । हारले लिभरपुलको युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने सम्भावना अनिश्चित रह्यो ।

भिल्लाका लागि ओली वाट्किन्सनले दुई गोल गरे । यस्तै मोर्गन रोजर्स र जोन म्याक गिनले एक एक गोल थपे । लिभरपुलबाट दुवै गोल भर्जिल भान डाइकले गरे । हारले लिभरपुल पाँचौं स्थानमा झरेको छ र उसको ३७ खेलबाट ५९ अंक छ ।

यो सिजन लिगमा लिभरपुलको यो १२ औं हार हो । बर्नमाउथ भने ५५ अंकमा छैटौं स्थानमा छ र उसले दुई खेल खेल्न बाँकी छ । अहिलेको हारले लिभरपुलका प्रशिक्षक आर्ने स्लटको भविष्य पनि संकटमा परेको छ ।

कान्तिपुर

Link copied successfully