भ्याली पब्लिक बास्केटबल फाइनलमा

आयोजक एन्जल्स हार्टमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा भ्याली पब्लिकले फेयरलेस फ्लायर्स ‘बी’ लाई ७–५ स्कोरले हरायो ।

जेष्ठ २, २०८३

कान्तिपुर संवाददाता

Valley Public Basketball Finals

काठमाडौँ — भ्याली पब्लिक ‘ए’ एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको गर्ल्समा शनिबार फाइनलमा पुगेको छ ।

आयोजक एन्जल्स हार्टमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा भ्याली पब्लिकले फेयरलेस फ्लायर्स ‘बी’ लाई ७–५ स्कोरले हरायो । भ्याली पब्लिक ‘ए’ ले उपाधिका लागि मनास्लु र सगरमाथाबीचको विजेतासँग खेल्ने छ ।

ब्वाइजमा टिम सेवा लाइट सेमिफाइनलमा पुग्यो । एयरजो ‘बी’, आइस, स्निकर फ्रिकर, हिमालयन वर्ल्ड स्कुल र सुटरले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । लाटे लभर्स र एयरजो ‘ए’ ले प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।

दुईदिने प्रतियोगिताको ब्वाइजमा ४० र गर्ल्समा १४ टिम सहभागी छन् । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कारसहित छात्रवृत्ति प्राप्त गर्ने छन् ।

कान्तिपुर

Link copied successfully