अमेरिकासँग बलिङ र फिल्डिङबाट नेपालको उत्कृष्ट पुनरागमन

टस जितेर ब्याटिङ रोजेको अमेरिका त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ४३.३ ओभरमा १ सय ९५ रनमा अलआउट भयो ।

जेष्ठ २, २०८३

विनोद पाण्डे

Nepal's excellent comeback with bowling and fielding against America

What you should know

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकाविरुद्धको खेल जित्न १ सय ९६ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको अमेरिका त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ४३.३ ओभरमा १ सय ९५ रनमा अलआउट भयो । निकै दमदार ब्याटिङ गरेको अमेरिकाविरुद्ध नेपाल उत्कृष्ट फिल्डिङ गर्दै खेलमा फर्किएको थियो ।

Nepal's excellent comeback with bowling and fielding against America

२३ औं ओभरमा १२२–१, ३१ औं ओभरमा १५८–३ को मजबुत अवस्थामा रहेको अमेरिका अन्तत: ६ ओभरभन्दा अगाडि नै अलआउट हुन पुग्यो । सायन जहाँगिर ६ रनमै आउट भए पनि स्मित पटेल र सेहन जयसुर्याले दोस्रो विकेटमा १ सय रन जोडेका थिए । जयसुर्याले ५२ बल खेली ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए । 

Nepal's excellent comeback with bowling and fielding against America

सोमपाल कामीको बलमा आसिफ शेखले १४ रनमा सजिलो क्याच छाडेको स्मितले भरपुर फाइदा उठाए । स्मित ८९ रन बनाई सोमपालकै बलमा आसिफबाट उत्कृष्ट क्याच भएर पेभेलियन फर्किए । उनले ८९ बल खेली ८ चौका र ३ छक्का प्रहार गरे । जयसुर्या र स्मित दुबैको विकेट सोमपालले लिए ।

अमेरिका आफ्ना कप्तान मोनान्क पटेल बिनै खेलिरहेको छ । स्कटल्यान्डसँग बिहीबार भएको खेलमा उनलाई औंलामा चोट लागेको थियो । उनको स्थानमा अमेरिकाको कप्तानी गरिरहेका साइतेजा मुकामल्लालाई सन्दीप लामिछानेले बोल्ड गरे । वैकल्पिक फिल्डर भीम सार्कीले आसिफसँग मिलेर शुभम रञ्जनेलाई २ रनमा रनआउट गरे ।

Nepal's excellent comeback with bowling and fielding against America

आसिफले मिलिन्द कुमार २० रनमा हुँदा स्टम्प आउट गर्ने अवसर गुमाउन पुगेका थिए । खेलभरी नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै अमेरिकालाई टिक्न दिएन । मिलिन्द ४१ बल खेली समान २ चौका र छक्का प्रहार गरी २८ रनमा आउट भए ।

मोनान्कको स्थानमा खेलेका सञ्जय कृष्णमुर्थी १ रनमा बनाई गुलशन झाको बलमा आउट भए । दीपेन्द्रसिंह ऐरी र आसिफ मिलेर मोहम्मद मोहसिनलाई शून्यमा रन आउट गरे । दीपेन्द्रले नोसथस केन्जिगेलाई १ र हरमित सिंहलाई १४ रनमा आउट गरे ।

Nepal's excellent comeback with bowling and fielding against America

दीपेन्द्रले ७.३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । सोक्रममा उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गरे । सोमपालले ७ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर २ तथा सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४१ र गुलशनले ४ ओभरमा २८ रन खर्चेर १–१ विकेट लिए । 

नेपालले देव्रेहाते ब्याटर इशान पाण्डेलाई ‘डेब्यु’ गरिरहेका छन् । नेपाली टोलीमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसीलाई परिवर्तन गर्दै कुशल भुर्तेल, इशान र सोमपाललाई खेलाइएको छ ।

Nepal's excellent comeback with bowling and fielding against America

अमेरिकाले नेपालमाथि पछिल्लो ५ मध्येको ४ खेल जित्दै आएको छ । जिम्बावेमा २०२३ मा विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेयता नेपालले अमेरिकामाथि विजय हात पार्न सकेको छैन ।

लिग २ मा अमेरिका २५ खेलमा ३६ अंकसहित दोस्रो र नेपाल २५ खेलमा १८ अंकसहित सातौं स्थानमा छ । नेपाललाई पराजित गरेमा अमेरिका शीर्ष स्थानमा पुग्ने छ ।

Nepal's excellent comeback with bowling and fielding against America

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully