चेन्नाइमाथि पुछारको लखनउको जित

चेन्नाइ भने १२ अंकमा छैटौं स्थानमा झरेको छ र यो हारले उसको प्ले अफ सम्भावना कमजोर बनाएको छ ।

जेष्ठ २, २०८३

कान्तिपुर संवाददाता

Lucknow's last-gasp win over Chennai

काठमाडौँ — अंक तालिकाको पुछारमा रहेको लखनउ सुपर जायन्ट्सले शुक्रबार इन्डियन प्रिमियर लिगमा चेन्नाइ सुपर किंग्सलाई सजिलै सात विकेटले पराजित गरेको छ । प्रतियोगितामा चौथो जितका बावजुत लखनउ आठ अंकमा अन्तिम स्थानमै रह्यो ।

चेन्नाइ भने १२ अंकमा छैटौं स्थानमा झरेको छ र यो हारले उसको प्ले अफ सम्भावना कमजोर बनाएको छ । प्ले अफका लागि अझै पनि आठ टिमको गणितीय सम्भावना बाँकी रहेको छ ।

तर त्यसमध्ये चेन्नाइ, कोलकाता नाइट राइसर्डस र दिल्ली क्यापिटल्सको भाग्य अरू खेलको नतिजामा पनि भर पर्नेछ । प्रतियोगितामा अब लिग चरणका ११ खेल मात्र बाँकी छन् ।

लखनउमा भएको खेलमा चेन्नाइले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा १ सय ८७ रन बनाएको थियो । त्यसमा कार्तिक शर्माले सबैभन्दा बढी ७१ रन बनाए । जवाफमा लखनउले १६.४ ओभर मात्र उपयोग गरेर तीन विकेटमा १ सय ८८ रन बनायो ।

उसका लागि ओपनर मिचेल मार्सले नटआउट रहेर ९० रन बनाए । उनले ३८ बलको मात्र सामना गरे र नौ चौका तथा सात छक्का प्रहार गरे ।

कान्तिपुर

Link copied successfully