वमेन्स साफका लागि अन्तिम टिमको घोषणा

मुख्य प्रशिक्षक नवीन न्यौपानेले अन्तिम सूची तयार पारेका हुन् ।

जेष्ठ २, २०८३

कान्तिपुर संवाददाता

Final team announced for Women's SAFF

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार भारतको गोवमा हुने वुमेन्स साफ च्याम्पियनसिप २०२६ का लागि २३ सदस्यीय अन्तिम टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेले अन्तिम सूची तयार पारेका हुन् ।

टिमको कप्तानमा एन्जिला सुब्बा रहेकी छिन् । उनीसँगै गोलरक्षकमा अञ्जना रानाामगर र उषानाथ रहेका छन् । यस्तै डिफेन्डरमा पूजा राना, गीता राना, विमला विक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर र सविना चौधरी छन् ।

यस्तै मिडफिल्डरमा रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, विर्सना चौधरी, अनिता वस्नेत, अनिता लामजेल र अनिता केसी छन् । फरवार्डमा भने रश्मिकुमारी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा रहेका छन् ।

नेपाल प्रतियोगिताको समूह ए मा रहेको छ र यसका भुटान र श्रीलंका पनि रहेका छन् । अर्को समूह बी मा दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेश, भारत र माल्दिभ्स छन् । प्रतियोगिता मे २५ बाट सुरु हुनेछ ।

कान्तिपुर

Link copied successfully