सिटीले जित्यो एफएकप उपाधि

वेम्बलीमा भएको फाइनलमा इर्लिङ हालान्डले दिएको पासमा सेमेन्योले ७१ औं मिनेटमा चलाखीपूर्ण गोल गरे । १ गोलले पछाडि रहेपछि चेल्सीले शृंखलाबद्ध आक्रमण गरे पनि ती निर्णायक हुन सकेन ।

जेष्ठ २, २०८३

हिमेश

City won the FA Cup title

काठमाडौँ — एन्टोन सिमेन्योले दोस्रो हाफमा गरेको निर्णायक गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार चेल्सीलाई फाइनलमा १–० ले पराजित गर्दै एफएकपको उपाधि जितेको छ । यससँगै सिटीले यो सिजन इंग्लिस फुटबलका दुवै कप जितेको छ । यसअघि उसले लिगकप पनि जितेको थियो ।

वेम्बलीमा भएको फाइनलमा इर्लिङ हालान्डले दिएको पासमा सेमेन्योले ७१ औं मिनेटमा चलाखीपूर्ण गोल गरे । १ गोलले पछाडि रहेपछि चेल्सीले शृंखलाबद्ध आक्रमण गरे पनि ती निर्णायक हुन सकेन । अन्यथा खेलमाथि सिटीको पूर्ण नियन्त्रण रहेको थियो ।

सिटीका लागि प्रशिक्षकका रूपमा पेप ग्वार्डिओलाले जितेको यो २० औं उपाधि हो । हारले चेल्सी भने यो सिजन उपाधिविहीन हुने भएको छ । 

सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा छ र उपाधि जित्ने सम्भावना कायम छ । पूरा सिजन उतारचढावपूर्ण प्रदर्शन गरेको चेल्सीका लागि फाइनल हार निराशाजन रहनेछ ।

हिमेश

Link copied successfully