पहिलोपल्ट थ्री अन थ्री फुटबल हुँदै

नेपालमा थ्री अन थ्री फुटबल प्रतियोगिता हुन लागेको यो पहिलोपल्ट हो । पछिल्लो समय थ्री अन थ्री फुटबल युरोप र एसियामा लोकप्रिय रहेको छ ।

जेष्ठ १, २०८३

हिमेश

Three-on-three football taking place for the first time

काठमाडौँ — टिपोटी स्पोर्टस एकेडेमीको आयोजनामा शनिबारदेखि दुई दिने थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुने भएको छ । नेपालमा थ्री अन थ्री फुटबल प्रतियोगिता हुन लागेको यो पहिलो पल्ट हो । पछिल्लो समय थ्री अन थ्री फुटबल युरोप र एसियामा लोकप्रिय रहेको छ ।

शनिबार पहिलो दिन क्लिनिकको आयोजना हुनेछ भने आइतबार दोस्रो दिन प्रतियोगिता हुनेछ । यू–१४ तथा यू–१६ उमेर समूहमा प्रतियोगिता हुनेछ र त्यसमा ३२ टिमको सहभागिता रहनेछ । यही प्रतियोगिताका लागि जापानका यासुहिरो नेबेटा आएका छन् ।

उनी जापानी थ्री अन थ्री फुटबलको लोकप्रिय खेलाडी हुन् । उनले नै क्लिनिक सञ्चालन गर्न लागेको हो । थ्री अन थ्री फुटबलले मूल धारको खेलका लागि कौशलता बढाउन मद्दत गर्ने मानिन्छ । टिपोटी स्पोर्टस एकेडेमीले थ्री अन थ्री फुटबल दीर्घकालीन रूपमा अगाडि बढाउने योजना रहेको पनि जनाएको छ ।

हिमेश

Link copied successfully