विजेता एसएस एकेडेमीले नगद १० हजार रुपैयाँ पाएको छ ।
काठमाडौँ — एसएस एकेडेमीले ३ गुणा ३ बास्केटबल प्रतियोगिता जितेको छ । पाठशाला प्रि-युनीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा एसएस एकेडेमीले येक्कु एकेडेमीलाई १७–१५ को स्कोरमा पराजित गरेको थियो ।
विजेता एसएस एकेडेमीले नगद १० हजार रुपैयाँ र उपविजेता येक्कु एकेडेमीले नगद ५ हजार रुपैयाँ पायो । एसईई दिएका विद्यार्थीलाई केन्द्रित गरी प्रतियोगिता आयोजना गरिएको यस्ता कार्यक्रमले फुर्सदमा रहेका विद्यार्थीलाई मनोरन्जन, स्वास्थ्य लाभ तथा बहुआयामिक विकासमा सहयोग पुर्याउने विश्वास पाठशाला नेपाल फाउन्डेसनको रहेको उक्त संस्थाका खेल संयोजक ईशानसिंह बानियाले बताए ।
