यो सिजन उपाधि विहीन रहने निश्चित भइसकेको रियल बर्नाबाउमा भएको खेलमा २–० ले विजयी रह्यो ।
काठमाडौँ — रियल म्याड्रिडले बिहीबार स्पेनी ला लिगामा रियल ओभिएडोमाथि सान्त्वना जित निकालेको छ । यो सिजन उपाधि विहीन रहने निश्चित भइसकेको रियल बर्नाबाउमा भएको खेलमा २–० ले विजयी रह्यो ।
त्यसमा गोन्जालो गार्सियाले पहिलो हाफमा गोल गरे भने दोस्रो हाफमा जुड बेलिंघमले दोस्रो गोल थपे । यो जितपछि रियलको ८० अंक भएको छ र दोस्रो स्थानमा छ । ओभिएडो भने २९ अंकमा सबैभन्दा पुछारमा छ र यसअघि नै रेलिगेसनमा परिसकेको छ ।
यसअघिको खेलमा रियल बार्सिलोनाको हातबाट पराजित भएको थियो । यसैक्रममा बार्सिलोनाले लिग उपाधि जित्ने निश्चित भएको थियो । बार्सिलोना ९१ अंकमा शीर्ष स्थानमा छ । अब लिगमा दुई चरणका खेल बाँकी छन् ।
