तेस्रो संस्करणको प्रतियोगिता असार ५ गते हुने संघले विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौँ — ई–स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजनामा हुने तेस्रो ई–स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ ।
तेस्रो संस्करणको प्रतियोगिता असार ५ गते हुने संघले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी तीन खेल विधा समावेश हुनेछ । प्रतियोगिताका छनोट खेल अनलाइन र फाइनल खेल ल्यान इभेन्टको रूपमा सञ्चालन गरिने प्रतियोगिताका संयोजक प्रकाश घर्तीर्ले जानकारी दिए । प्रतियोगिताअन्तर्गत ई फुटबलमा व्यक्तिगत तथा फ्री फायर र पब्जी मोबाइलमा टिमको रूपमा हुने संयोजक घर्तीले बताए ।
प्रतियोगिता खेल्न इच्छुक खेलाडी तथा टिमले ईशानको वेबसाइटमा गएर दर्ता हुन सक्नेछन् । तेस्रो संस्करणको प्रतियोगितामा खेलाडी र टिम गरी ५ हजार बढी सहभागी हुने ईशानले जनाएको छ ।
