ओपनरका रूपमा ३७ वर्षीय कोहलीले ६० बलको इनिङ्समा ११ चौका र तीन छक्का प्रहार गरे ।
काठमाडौँ — विराट कोहलीको उत्कृष्ट नटआउट १ सय ५ रनको मदतले रोयल च्यालेर्न्ज बेंगलुरुले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइट राइडर्सलाई छ विकेटले पराजित गरेको छ र लिग तालिकाको शीर्षमा उक्लेको छ ।
ओपनरका रूपमा ३७ वर्षीय कोहलीले ६० बलको इनिङ्समा ११ चौका र तीन छक्का प्रहार गरे । यसक्रममा बेंगलुरुले चार विकेटमा १ सय ९४ रन बनाएको थियो । यो जितपछि बेंगलुरुको १६ अंक भएको छ । कोहली यसअघिका दुई इनिङ्समा शून्यमा आउट भएका थिए ।
कोलकाता भने नौ अंकमा आठौं स्थानमा छ । उसले पहिले ब्याटिङ गर्दै चार विकेटमा १ सय ९२ रन बनाएको थियो । त्यसमा अंगकृश रघुवंशीले सर्वाधिक ७१ रन बनाए ।
